मस्कले ४४ अर्ब डलरमा किनेको ट्विटरको मूल्य २० अर्बमा झर्यो

  २०७९ चैत १३ गते १६:१२     विकासन्युज

एजेन्सी । एलोन मस्कले ४४ अर्ब डलरमा खरिद गरेको ट्विटरको मूल्य २० अर्ब डलरमा झरेको अनुमान गरिएको छ । ट्विटरका सीईओ समेत रहेको मस्कले कम्पनीका कर्मचारीहरूलाई करिब २० अर्ब डलरको स्टक प्रस्ताव गरेका छन् ।

यो जानकारी एलोन मस्कले आफ्ना कर्मचारीहरूलाई पठाएको इमेलबाट प्राप्त भएको हो। तर, सो प्रतिवेनको विषयमा भने ट्विटरले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

ट्विटरको मालिक बनेपछि मस्कले ट्विटरमा दिनहुँ नयाँ–नयाँ परिवर्तन गर्दै आएका छन् । कम्पनीलाई घाटाबाट बाहिर निकाल्नका लागि उनले ट्विटरमा ब्लू सेवाको शुरु गरेका छन्, जुन शुल्कमा आधारित सेवा हो । ट्विटर ब्लू अन्तर्गत पैसा तिरेर ब्लू टिकहरू किन्न सकिन्छ। ट्विटर ब्लूका सदस्यहरूले ट्वीट सम्पादन र दुई कारक प्रमाणीकरण जस्ता धेरै सुविधाहरू प्राप्त गर्छन् ।

ट्विटरको मूल्याङ्कन मस्कको स्टक अनुदान प्रस्तावमा आधारित छ। स्टक अनुदान सामान्यतया कर्मचारीहरूलाई प्रोत्साहित गर्न दिइन्छ । यस अनुदान अन्तर्गत तोकिएको अवधिसम्म बिक्री गर्न नसकिने शेयर खरिद गर्ने अवसर रहेको छ ।

स्टक अनुदान प्रत्येक छ महिनामा बेच्न सकिन्छ। मस्कले ट्विटरको स्वामित्व लिनुअघि सारा विश्वमा ट्विटरका कर्मचारीको संख्या ७ हजार ५०० थियो, जुन मालिक बनेपछि २ हजार पुगेको छ । मेमोले ट्विटरमा स्टक अनुदान मोडेल एलोन मस्कको टेस्ला कम्पनीसँग मिल्दोजुल्दो रहेको खुलासा गरेको छ । यो मोडेल स्पेसएक्स जस्ता कम्पनीहरूले पनि अपनाएका छन् ।

अमर उजालाबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.