रिचार्ज कार्डको ‘एक्सपायरी डेट’ ४ वर्ष थप

  २०७९ चैत १३ गते ११:५६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले ५ सय र १ हजार रुपैयाँ दरका रिचार्ज कार्डको समय अवधि थप (एक्सपायरी डेट) गरेको छ । टेलिकमले ५ सय र १ हजार दरका रिचार्ज कार्डको ४ वर्ष म्याद थप गरेको हो ।

टेलिकमका अनुसार ५ सय र १ हजार दरका रिचार्ज कार्डको अन्तिम मिति ३१ मार्च २०२३ सम्म रहेको छ । अब ५ सय र १ हजार दरका रिचार्ज कार्डको अवधि ४ वर्ष थप गरिएको हो ।

अब सो दरका रिचार्ज कार्डको म्याद थप भएर २१ मार्च २०२७ सम्म कायम रहने टेलिकमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.