दुई जहाजलाई एउटै उचाइमा होल्डको अनुमति दिने तीन एटीसीलाई कारवाही

  २०७९ चैत १२ गते १२:३३     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीनजना एटीसीलाई कारबाही गरेको छ ।

गत शुक्रबार बिहान सिमराको आकाशमा नेपाल वायुसेवा निगमको जहाज र एयर इन्डियाको जहाज एउटै एउरस्पेशको लाइनमा उडान गरेका थिए ।

मलेसियाबाट काठमाडौं आइरहेको निगमको जहाज र एयर इन्डियाको जहाज एउटै एयर स्पेशको लाइनमा उडान गरेको पाइएपछि क्यानले विमानस्थल कार्यालयका तीनजना एटीसीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

अर्को सूचना जारी नभएसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुपरभाइजर, कोअर्डिनेटर र एक अर्का एटीसीलाई शनिबारदेखि कारवाही गरेको हो ।

उनिहरुलाई शनिबारदेखि सक्रिय जिम्मेवारीबाट हटाउँदै अर्काे सूचना जारी नभएसम्मका लागि कारवाही गरिएको क्यानले जनाएको छ ।

शुक्रबार बिहान मलेसियाबाट काठमाडौं आएको निगमको जहाजलाई एटीसिले सिमराको आकाशमा १५ हजार फिटको उचाइ र दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजलाई १९ हजार फिटको उचाईमा होल्ड गर्न अनुमति दिएको थियो ।

तर एयर इन्डियाको जहाज १९ हजार फिटको उचाईका लागि अनुमति दिएकोमा १५ हजार फिटको उचाईमा आएको थियो ।

एयर इन्डियाको जहाज अनुमति बाहिरको क्षेत्रमा आएपछि नेपाल एयरलाइन्सको जहाज अलर्ट सूचना (आरए) आएपछि जहाज डिसेन्ट गरिएको थियो जसका कारण जहाज दुर्घटनाबाट जोगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.