६ सयले घट्यो सुनको मूल्य

  २०७९ चैत १२ गते ११:०५     विकासन्युज

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको सुन १० रुपैयाँ बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.