नेपाल टेलिकमले १४ करोडका पुराना कवाडी ब्याट्री लिलाम गर्दै

  २०७९ चैत १ गते ७:४५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले पुराना काम नलाग्ने कवाडी सामान लिलाममा बिक्री गर्ने भएको छ । टेलिकमको उपत्यकाभित्रका विभिन्न निर्देशनालय तथा कार्यालयहरुमा मौज्जात रहेका झण्डै १४ करोड रुपैयाँ बराबरका ब्याट्रीहरु लिलाम बिक्री गर्ने भएको हो ।

टेलिकमले डिसमेन्टलेड ब्याट्री कवाडी सामानहरूको न्यूनतम मूल्य १३ करोड ७६ लाख १५ हजार रुपैयाँ तोकेको छ ।

नेपाल टेलिकमको वयरलेस निर्देशनालय बबरमहल काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र शुल्क १५ हजार रुपैयाँ तोकिएको छ । इच्छुक फर्म वा संस्था तथा कम्पनीले चैत १५ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.