नेपाल बन्द गर्छु, बैंकहरुलाई लिलामीका सूचना निकाल्न दिन्नँ : दुर्गा प्रसाईं

  २०७९ फागुन २५ गते १९:३०     विकासन्युज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाल बन्द गर्ने घोषणा गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलनको आयेजना गर्दै चैत्र २४ गतेदेखि अनिश्चितकालका लागि नेपाल बन्द गर्ने घोषणा गरेका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको ज्यादती विरुद्ध नेपाल बन्द गर्ने बताएका हुन् ।

‘बैंक तथा वित्तीय संस्थाको ज्यादतीकाविरुद्ध नेपाल बन्द गर्छौं, यो अभिायनमा कुनै तोडफोड हुँदैन, बैंकहरुले लिलामीका लागि ३५ दिने सूचना तत्काल निकाल्नु पर्छ,’ उनले भने ।

प्रसाईंले बैंक तथा वित्तीय संस्थाले दिएको समस्याबारे जानकारी लिन वेबसाइट र एप पनि बनाएका छन् । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान २०७९ लाई अझै विज्ञान तथा प्रविधिमैत्री बनाउने उदेश्यले वेबसाइट र एप बनाएको बताएका छन् ।

उनले आन्दोलनका क्रममा हरेक शनिवार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्बासीहरु, सर्वहारा वर्गहरु, फुटपाथमा व्यापार गर्नेहरु भेला पारेर माईतीघर मण्डलाबाट जुलुस ल्याई बानेश्वर चोकमा कोणसभा गर्ने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.