मार्क इन्टरनेशनल किड्नी सेन्टरले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै

  २०७९ फागुन २५ गते १०:०९     विकासन्युज

काठमाडौं । मार्क इन्टरनेशनल किड्नी सेन्टरले चौथो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी सेन्टरले वार्षिकोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रमको विषयमा जानकारी दिएको हो ।

सेन्टरले आज विहान वाकाथन सम्पन्न गरेको छ भने सेन्टरमा आज र भोली निःशुल्क मृगौला परीक्षण कार्यक्रम पनि राखेको छ । त्यस्तै २७ गते नारायणचौरमा वृहत स्वास्थ्य शिविर सहित रक्तदान कार्यक्रम पनि आयोजना गरिने सेन्टरले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सेन्टरका सञ्चालक तथा नेफ्रोलेजिस्ट डा. अर्चन शमशेर राणाले मृगौला रोग लागिसकेपछि भन्दापनि रोग लाग्नु अगाडिकै सतकर्ता महत्वपूर्ण हुने बताएका थिए । उनले नेपालमा हरेक वर्ष मृगौलाका तीन हजार रोगी थपिने गरेकोमा पाँच सय जतिको मात्रै ट्रान्सप्लान्ट हुने गरेको बताएका थिए ।

नेपालमा डाइलोसिस गर्नेहरु मध्ये ८० प्रतिशत भन्दा धेरै ४० वर्ष भन्दा मुनिका भएको र विकसित देशहरुमा ७० वर्ष माथिका बढी हुने गरेको डा. राणाले बताएका थिए । नेपालमा देखिएको मृगौलाको ९० प्रतिशत समस्या सचेतनाले रोक्न सकिने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.