नेपाल एसबिआई बैंकले आफ्नो स्वामित्वको जग्गा बेच्दै

  २०७९ फागुन १९ गते ९:०६     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो ।

बैंकले रुपन्देहीको सिद्धार्थ नगरपालिका ६ मा रहेको कित्ता नम्बर १६३ को ८८ वर्गमिटर क्षेत्रफल र कित्ता नम्बर ६७ को २१३.२५ वर्गमिटर क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो ।

उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।

खरिद गर्न इच्छुक व्यक्ति र फर्म/कम्पनी तथा संघ संस्थाहरुले ३५ दिभित्र बोलपत्र पेश गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरु चैत २८ गते खोलिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.