भारतीय राजदुतसहितको टोली लिएर कमलविनायक-नगरकोट सडक अनुगमन गर्दै मन्त्री श्रेष्ठ

  २०७९ फागुन १८ गते ७:०३     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहिवार कमलविनायक–नगरकोट सडकको अनुगमन गर्ने भएका छन् । अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोली हुनेछ ।

बिहान ९ बजे सल्लाघारी, भक्तपुरमा भेट भई कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर अनुगमन सम्पन्न हुने जानकारी दिईएको छ । सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेको रुग्ण आयोजनामा उक्त सडक पर्छ ।

निर्माणको ढिलासुस्तीबाट जनताले बर्षौंदेखि सास्ती खेपिरहेका छन् । जनताले सरकार र निर्माण कम्पनीबिरुद्ध आक्रोश पोखेपछि उपप्रधानमन्त्री श्रेष्ठले प्रष्टीकरण मागेपछि चैत मसान्तसम्म सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्ने वाचा कम्पनीले गरेको थियो । सोही वाचा पुरा र प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन हुन लागेको बताइएको छ । आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.