विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित अभ्यास

  २०७९ फागुन १५ गते ९:४७     विकासन्युज

काठमाडौं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले सुरक्षा योजनालाई अद्यावधिक गर्दै उच्चस्तरको समन्वयका साथ सेनालगायतका सरोकारवाला निकायबीच आ–आफ्नो भूमिकामा असरदाररूपले परिचालन हुन सकोस् भन्ने हेतुले उक्त अभ्यास सञ्चालन भएको जनाएको छ ।

अभ्यासमा सेनाका विभिन्न युनिट, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल वायुसेवा निगमलगायतका सरोकारवाला निकायहरूको समन्वय र सहभागिता रहेको रहेको निर्देशनालयले जनाएको छ ।

अभ्यासमा जहाज अवतरणदेखि सम्पूर्ण जिम्मेवार निकायसँग समन्वयका साथै अपहरण वा अवाञ्छित तत्वले विमान नियन्त्रणमा लिएको अवस्थामा सशस्त्र हस्तक्षेप र बन्धक उद्धारलगायतका गतिविधि समावेश गरिएको जानकारी दिइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.