दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा

  २०७९ फागुन १२ गते ९:३९     विकासन्युज

खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुंगाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमित रूपमा बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीवारदेखि बस सेवा सञ्चालन गरेको हो ।

झण्डै ३९ किलोमिटर लामो सडकखण्डमा नियमित बस सञ्चालन भएपछि भाडादर समेत कायम गरिएको छ । साकेला गाउँपालिका–२ रतन्छाको सुर्के सिलापाबाट दिक्तेलसम्म ५००, यातिम्छाचोकबाट दिक्तेलसम्म ४५० तथा यातिम्छाचोक, पिनालाखा र साल्मेबाट दिक्तेलसम्म ४०० भाडादर कायम गरिएको छ ।

यस्तै लामदुवाली–दिक्तेल ३७०, चम्पा–दिक्तेल ३५०, चिउरीडाँडा–दिक्तेल ३००, दुम्ली–दिक्तेल २६०, रुवाबु–दिक्तेल २४०, च्यानडाँडा–दिक्तेल १८० र मोहोरिया–दिक्तेल १३० भाडादर कायम गरिएको छ । दिक्तेलबाट रतन्छासम्म समान ढुवानी गर्न १० किलोसम्म निःशुल्क र सोभन्दा माथि भएमा प्रतिकिलो ४ रुपैयाँका दरले भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.