व्याजदर घटाउन माग गर्दै सडकमा उत्रिए धनगढीका व्यवसायी

  २०७९ फागुन ९ गते १५:५२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लिएको चर्को व्याजदर घटाउन माग गर्दै धनगढीका व्यवसायी सडकमा उत्रिएका छन् । उद्योग वाणिज्य संघको अगुवाइमा धनगढीमा कैलाली  व्यवसायीले वित्तिय संस्थाहरुले लिएको प्रदर्शन गरेका हुन् ।

धनगढी चौराहदेखि पार्कमोडसम्म निकालिएको विरोध र्‍यालीमा सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध व्यवसायीले नाराबाजी गरेका थिए ।

प्रदर्शनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ लगायतका संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् ।

व्यवसायीहरुले बैंकको ब्याजदर ऋणमा ९ प्रतिशत भन्दा माथि हुन नहुने, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नीतिमा सुधार गर्नुपर्ने लगायतका माग राखेका छन् ।

एक अंकको व्याजदर कायम हुनुपर्ने, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नीतिमा सुधार गर्नुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म राख्नुपर्ने जस्ता माग उनीहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.