हेटौँडा सिमेन्टले कपडा उद्योगको जस्तो अवस्था बेहोर्नु हुँदैन : मन्त्री श्रेष्ठ

  २०७९ फागुन ९ गते १४:५९     विकासन्युज

हेटौँडा । बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौँडा सिमेन्ट उद्योगले हेटौँडा कपडा उद्योगको जस्तो अवस्था बेहोर्न नहुने बताएका छन् ।

समग्र उद्योग ट्रेड यूनियन हेटौँडा सिमेन्ट उद्योगको १६ औं अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । हेटौँडा सिमेन्ट उद्योगमा रहेका समस्यालाई सुधार गर्दै  बजारमा आएका प्राईभेट उद्योगसँग प्रतिस्पर्धी गर्ने क्षमता बिस्तार गर्नुपर्ने उनी बताउँछन् ।

‘स्वर्णिम इतिहास बोकेर अघि बढेको उद्योगको के-कस्ता पक्षलाई सुधार गर्नसके उद्योग नियमित सञ्चालन हुन्छ, प्रतिस्पर्धामा उत्रनसक्छ भन्ने विषयमा उद्योगसँग सम्वन्धित पक्षबाट राज्यलाई पनि झकझकाउनु पर्छ, सरकारी मातहतका उद्योगले कम नाफा कमाएर सेवामा ध्यान दिनुपर्छ,’ उनले भने ।

हेटौँडा सिमेन्ट उद्योगले हेटौँडालाई देशभर औद्योगिक नगरको रुपमा चिनाएको भन्दै उनले सिमेन्ट उद्योगलाई जोगाएर प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले सहकार्य गरेर अघि बढने बताए ।

यस्तै, प्रदेश सरकारले उद्योगमा श्रमिकहरुले बेहर्नपरेको समस्यालाई समाधान गर्न श्रमिकमैत्री नीतिहरु अवलम्वन गर्ने भन्दै श्रम तथा रोजगारको विषयमा प्रदेश सरकारले चासोपुर्वक कामहरु अघि बढाउने पनि श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.