टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड

  २०७९ फागुन ५ गते १०:४०     विकासन्युज

काठमाडौं । टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड पाएको छ । टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको उत्पादन ‘टिभिएस एनटर्क रेस एक्सपी’ले २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड पाएको हाे ।

एक सय २५ सिसी सेग्मेन्टको स्कुटरमा १० पिएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकाले यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको जनाइएको छ । स्कुटर उद्योगमै पहिलोपटक भोइस असिस्ट फिचर ल्याएर टिभिएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको दाबी गरिएको छ ।

भोइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डुनट डिस्टर्बजस्ता फिचरहरू उपलब्ध रहेको उल्लेख छ । योे भोइस असिस्ट फिचरलाई टिभिएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटीले सपोर्ट गरेको जनाइएको छ ।

एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फ्युलइन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपिएमका साथ १०.२ पिएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ । तीन बल्ब सिभिटिआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका सिइओ दीपक अग्रवालले टिभिएस एनटर्क १२५ रेस एक्सपी यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो रहेको बताए । ग्राहक सेवा सन्तुष्टिको मान्यतालाई आत्मसात् गरेकाले नै अवार्ड प्राप्त गर्न सफल भएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.