नेपाल टेलिकमको नेटवर्कमा समस्या, नियामकले बनायो छानबिन समिति

  २०७९ फागुन ४ गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा पटक/पटक समस्या देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन समिति गठन गरेको छ ।

नियामक निकायको रुपमा रहेको प्राधिकरणले टेलिकमको नेटवर्कमा पछिल्लो समय धेरै समस्या देखिएको भन्दै विजयकुमार रोयको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

प्राधिकरणले मंगलबार अनुगमन विभागका निर्देशक रहेका रोयको संयोजकत्वमा समिति गठन गरेको हो । सरकारी स्वामित्वको लगानीमा सञ्चालीत नेपाल टेलिकमको नेटवर्कमा निरन्तर समस्या आएपछि किन र कसरी समस्या आउँछ, एक पटक समस्या आउँदा कति नोक्सान भयो लगायतका विषयमा उक्त समितिले छानबीन गर्नेछ ।

संयोजक रोय उक्त समितिले सोमबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने बताए ।

यसअघि आएको समस्याका बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानवीन गरेको थियो ।

बुधबार दिउँसो १ बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । दिउँसो टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने, म्यासेजिङ र डेटामा समेत समस्या देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.