नेपाल टेलिकमका हाकिमले बुझे साढे ९ करोड तलब, सञ्चालकको भत्ता कति ?

  २०७९ फागुन २ गते ८:५९     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का हाकिम तथा प्रबन्ध सञ्चालकलाई साढे ९ करोड रुपैयाँ पारिश्रमिक प्रदान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का १० औं तह र सो भन्दा माथिका पदाधिकारीहरुलाई पारिश्रमिक तथा अन्य सुविधावापत ९ करोड ६८ लाख २१ हजार ५४ रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीका अनुसार गत आर्थिक वर्ष २०७८/७९मा सञ्चालकहरुले बैठक भत्ता वापत ११ लाख २ हजार ५ सय रुपैयाँ बुझेका छन् । जसमा सबैभन्दा धेरै सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य अम्बिका प्रसाद पौडेलले भत्ता वापत बुझेका छन् । सञ्चालक पौडेललाई कम्पनीले ४२ वटा बैठकमा उपस्थित भएवापत १ लाख ९२ हजार ५ सय रुपैयाँ भत्ता भुक्तानी गरेको हो । यस्तै, सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले १ लाख ८८ हजार रुपैयाँ, पूर्व अध्यक्ष हरिप्रसाद बस्यालले १२ हजार रुपैयाँ बैठक भत्ता बुझेका छन् ।

यस्तै, सञ्चालकहरु भुपाल बरालले ६९ हजार रुपैयाँ, रामेश्वर दंगालले १ लाख ८ हजार रुपैयाँ, उत्तर कुमार खत्रीले १ लाख ३६ हजार रुपैयाँ, डिल्लीराम शर्माले १२ हजार रुपैयाँ, फणीन्द्र गौतमले १ लाख ८५ हजार रुपैयाँ, सुनिल पौडेलले ६० हजार रुपैयाँ, प्रतिभा बैद्यले ६० हजार रुपैयाँ र डिल्लीराम अधिकारीले ८० हजार रुपैयाँ भत्ता वापत बुझेका हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समितिको ४३ वटा बैठक बसेका थिए ।

गत आर्थिक वर्ष २०७८/७९ मा कम्पनीका सेयरधनीहरुले ३१ करोड ३६ लाख ५७ हजार ५० रुपैयाँ बराबरको लाभांश रकम बुझिलिन बाँकी रहेको कम्पनीका सञ्चालक समिति अध्यक्ष बैकुण्ठ अर्यालले जानकारी दिए ।

One comment on "नेपाल टेलिकमका हाकिमले बुझे साढे ९ करोड तलब, सञ्चालकको भत्ता कति ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.