हुण्डाईको विद्युतिय गाडीको अफर : कोना तथा लोनिक ५ को खरिदमा वाशिङ्ग मेशिन उपहार

  २०७९ फागुन १ गते १०:१६     विकासन्युज

काठमाडौं । नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टलले  विद्युतिय गाडी कोना तथा लोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतिय गाडी कोना तथा लोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सकिनेछ । समय सापेक्ष योजना मार्फत आफ्ना ग्राहकको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टलले सधैं आकर्षक योजना बजारमा ल्याउँदै आएको कम्पनीले जनाएकाे छ ।

अहिलेको आवश्यकता अनुरुप विद्युतिय गाडीको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । हुण्डाई कोना तथा लोनिक ५ नेपालको विद्युतिय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ ।

यी दुवै उत्पादनले ग्राहकको मन जित्न सफल भएको दाबी हुण्डाईले गरेको छ । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वसनीयताले कोना तथा लोनिक विद्युतिय गाडीको पर्यायवाची बनिसकेको छ ।

विद्युतिय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले आक्रामक रूपमा चार्जिग स्टेसनको निर्माण गरिरहेको छ । विद्युतिय गाडीको विक्री वितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथली स्थित नेपालको एक मात्र विद्युतिय गाडीको एक्सक्लुसिभ शोरूम संचालन गरेर नयाँ आयाम कायम गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टर सहित ४० वटा चार्जिग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिगको सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.