४.२५ अर्ब नाफा गरेसँगै नेपाल टेलिकमको ईपीएस ४७.२८ रुपैयाँ

  २०७९ माघ २९ गते ७:२२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ९.१६ प्रतिशत बढेर ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको बिक्री वितरण आम्दानी ५.८८ प्रतिशत घटेर १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ अर्ब २० करोड ७१ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ४४.६४ प्रतिशत बढेर ४ अर्ब २ करोड ३७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ७८ करोड १९ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी ०.५१ प्रतिशत बढेर २२ अर्ब १० करोड ११ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ र जगेडा कोष ३.८१ प्रतिशत घटेर ७४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ बढेर ४७.२८ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४३.३१ रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२.९२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८.३७ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.