अबको एक दशकमा नेपाललाई गाडी उत्पादनको उत्कृष्ट देश बनाउन सकिन्छ : अध्यक्ष थापा

  २०७९ माघ २७ गते १९:१६     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) का अध्यक्ष धुर्ब थापाले अबको एक दशकमा नेपाललाई गाडी उत्पादनको उत्कृष्ट देश बनाउन सकिने बताएका छन् । नाडाको ४६औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष थापाले सो बताएका हुन् ।

‘अबको एक दशकमा अधिकांश गाडी नेपालमा बन्छन्, सरकारले अहिले एसेम्बलमा दलिएको नीति १० वर्षमा निरन्तरता भएमा धेरै प्रगति हुनेछ, गाडी उत्पादनको उत्कृष्ट देश नेपाललाई बनाउन सकिन्छ,’ उनले भने ।

गाडी आयात बन्द हुँदा अटोमोबाइल्स क्षेत्र ८० प्रतिशतले खस्केको उनले बताए । यो क्षेत्र असामान्य अवस्थामा गुज्रिरहेको बताउँदै उनले अब के हुने हो भन्ने त्रास भोग्नु परेको समेत बताए । तर अब भने अर्थतन्त्रले सुधारको संकेत देखाएको उनी बताउँछन् ।

‘नयाँ सरकार आएपछि केही सुधार भएको छ, उनले नयाँ सरकारलाई धन्यवाद छ,’ अध्यक्ष थापाले भने । उनले हालको अर्थतन्त्रमा केही सुखद संकेत देखिएको बताउँदै उनले अब नेपालमै एसेम्बेल उद्योग खुल्न थालेको जानकारी गराए ।

अटो मोबाइल्स क्षेत्रले उच्च राजश्व तिर्ने क्षेत्र रहेको बताउँदै उनले एउटा क्षेत्रले ६ ठाउँमा कर तिर्नु पर्ने अवस्था रहेको बताए । सबैभन्दा पारदर्शी व्यवसाय अटोमोबाइल्स रहेको बताउँलै उनले अब नेपालमै एसेम्बेल उद्योग खुल्न थालेको समेत उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.