बालुवाटारमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

  २०७९ माघ २७ गते १०:१४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डका’ प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि पहिलो पटक संयन्त्रको बैठक बसेको हो ।

संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.