शिवम् सिमेन्टको नाफा ३३ करोड रुपैयाँ, जगेडा कोष थप्दै ४.७० अर्ब पुग्यो

  २०७९ माघ २७ गते ६:०५     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३ प्रतिशत घटेर ३२ करोड ९० लाख ८८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी घटेका कारण नाफामा असर गरेको कम्पनीले बताएको छ ।

साथै चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको बिक्री आम्दानी २७.३७ प्रतिशत घटेर ३ अर्ब ३४ करोड ३० लाख ७० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ६० करोड ३१ लाख २४ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०.५८ प्रतिशत घटेर ३ अर्ब ६६ करोड ६७ लाख ५३ हजा। रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ६१ करोड ६६ लाख ६८ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।

कम्पनीको कुल खर्च १८.८२ प्रतिशत घटेर ३ अर्ब ३३ करोड ७२ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ११ करोड १० लाख ३८ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष ३.१४ प्रतिशत बढेर ४ अर्ब ७० करोड १२ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर १४ रुपैयाँ ९६ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.८३ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.