पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

  २०७९ माघ २३ गते २१:३२     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपौया मूल्य बढाएको हो । निगमले मूल्य बढाएसँगै अब पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टीतेल १७५ रुपैयाँ पर्नेछ ।

इन्डियन आयल कार्पोरेसनले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा प्रतिलिटर ७.९८ रुपैयाँ, मट्टितेलमा ४.६१ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ७.८० रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि नेपालमा पनि मूल्य बढाउनु परेको निगमले बताएको छ ।

निगमका अनुसार एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.