‘११ महिनामा पुराना २ वटा केशलाई सुल्झाएँ’

  २०७९ माघ २३ गते १९:४४     विकासन्युज

मैले पदबहाल गरेको ११ महिना पुग्यो । हामीले ४ वटा पिल्लरलाई अगाडि बढाएको थियौं । लगानीकर्ताको संरक्षण र बजारको विस्तार तथा सन्तुलन गर्नु पर्ने मुख्य दुईवटा पिल्लर हुन् । अन्य दुई वटा पिल्लर भनेका यी दुई पिल्लरलाई मिट गर्न राख्नलाई कन्भिन्सिङ वातवरण र वस्तुगत सेटलमेन्ट निर्माण गर्ने विषय हो ।

मैले १५ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय क्षेत्रमा नेतृत्व तहमा बसेर काम गर्ने अवसर पाएका छु । ती देशहरुमा सार्वजनिक संस्थानहरु मेरिट प्रणाली र विश्वसनियता वा जवाफदेहीतामा सञ्चालन भएका छन् । संस्थाहरुले जनतालाई विश्वसनिय सेवा दिएका छन् ।

नेपाल धितोपत्र बोर्ड सिमित जनशक्ति र न्यून प्रविधिमा सञ्चालन भएको छ । जसले गर्दा हामीले चाहेको प्रगति पनि हासिल गर्न सकिरहेका छैनौं । तर, कतिपय ठाउँमा हामीले कामको सुरुवात गरेका छौं ।

समयसीमा तोकेर काम गर्ने बानी बसाल्ने हो भने हरेक सरकारी निकायले सेवाग्राहीलाई ठूलो लाभ हुनेछ । जसले गर्दा विजनेशमा लगानी बढ्ने, रोजगारी बढ्ने, उत्पादन बढ्ने र राज्यको अर्थतन्त्र फैलिन्छ । यही नै समृद्धिको खाका हो । विशेषगरी पूँजी बजार इकोसिस्टममा भएका विकृतिहरुविरुद्ध हामीले लड्नुपर्छ । यसको लागि हामीले कुनै पनि मूल्य चुकाउनु हुँदैन । हामीले अहिले ठोस र साहसिक कामहरु गरेका छौं ।

नेप्समो भएको नट्स प्रणालीमा जोडिएको ब्रोकरसँग टिएमएस प्रणालीमा धेरै गुनासो आउने गरेका थिए । एउटै व्यवसायीक घरानाको पक्षमा भयो, त्यसले गर्दा ठूलो समस्या आयो भन्ने गुनासो आउँथ्यो । म आएको २ महिनाभित्र विनियमावली पास गरेर नेप्सेमा डेडिकेडेट टिएमएस प्रणाली ब्रोकरहरुलाई लागू गर्नलाई बाटो खुलायौं । अहिले त्यो कार्यान्वयनको चरणमा छ । त्यही बेला नै मलाई साहसिक काम गरेको अनुभव भएको थियो ।

मर्जर तथा एक्विजिशनमा गएका कम्पनीको वर्षाैंसम्म कारोबार रोक्का रहने थियो । सर्वसाधारणको सेयर बन्धक रहने स्थिती थियो । त्यो व्यवस्था पनि देशलाई बदनामी गर्ने किसिमका थियो । अन्य देशमा एकदिन पनि कारोबार रोक्का हुँदैन । त्यो व्यवस्था पनि हटाएर कार्यविधि बनाएर लागू गरिएको हो । अब १५ दिनभन्दा बढी समय कारोबार रोक्का हुन मिल्दैन । हामीकहाँ मर्जर तथा एक्विजिशनको कुनै पनि फाइल आयो भने २ दिनभित्र स्वीकृति दिन्छौं ।

सबैलाई खुसि बनाउने कुनै पनि निती छैन । तर, हामीले ल्याएको नीतिले ब्रोकर प्रणाली बलियो भयो । एउटा टिएमएस प्रणाली पारदर्शी र बलियो भयो । ब्रोकर पनि आफैं बलियो भने बजार सन्तुलन र विस्तारमा सहयोग पुग्छ भनेर यो काम गरिएको हो ।

३५ दिनभित्र लाइसेन्स दिने समय सीमा तोकिएको छ । लाइसेन्स दिने प्रक्रियामा कुनै पनि सरकारी निकायले अहिलेसम्म समय सीमा तोकेका छैनन् । निवेदन दिएको ३५ दिनभित्र लाइसेन्स दिनै पर्ने व्यवस्था गरिएको छ । यदि दिईएन भने लिखित स्पष्टिकरण दिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । सीआश्वा शुल्क १ सय रुपैयाँबाट ५ रुपैयाँमा झरेको छ । यो नीति जनताको पक्षमा छ । किनभने लगानीकर्ता छन् भने मात्रै बजार चल्छ । यदि लगानीकर्ता नै छैनन् भने हाम्रो पनि कुनै काम छैन । लगानीकर्ता भएर नै हामी छौं ।

हामीले वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत सेयर दिने व्यवस्था मिलाएको छ । विदेशी मुद्राको सञ्चिती घटिरहेको बेला यसले ठूलो सहयोग पुग्ने देखिन्छ । जसले गर्दा बैंकिङ्ग च्यानलमार्फत रेमिट्यान्स नेपाल पठाउन सक्ने भएको छ । हुण्डिको कारोबार दूरुत्साहित भयो । यो दुईवटा कुलाई ट्याकल गर्न यो व्यवस्था गरिएको हो ।

विशिष्टकृत लगानी कोषको स्किमलाई हामीले अगाडि बढाउन सकिएको थिएन । म आएपछि फास्ट ट्रयाकमा यसलाई पनि कार्यान्वयन गरिएको छ । यसले पनि नेपालको अर्थतन्त्रको विकास र नीजि लगानीको वातावरणलाई शसक्त बनाउने र अन्तर्राष्ट्रिय बजार विकासको बाटोमा डोर्याउन यसले भूमिका निर्वाह गर्छ । भारतमा ७० प्रतिशत विदेशी लगानीको वातारण प्राइभेट इक्विटी भेञ्चर क्यापिटलमार्फत आउँछ । राइट इक्विटी भेञ्चर क्यापिटल प्ल्याटफर्म भएको देशमा विदेशी लगानी आउने सम्भावना हुन्छ ।

यसमा सिस्टम सजिलो हुने भएकाले लगानीकर्ताका लागि सहज हुन्छ । जुन देशमा विदेशी लगानीकर्ता आउँछन् उनीहरुले सबैभन्दा पहिला एक्जिस्टिङ प्रणाली नै हो । दक्षिण एशियाका देशहरुमा प्राइभेट इक्विटी भेञ्चरमार्फत ठूलो भूमिका छ । बोर्डले छोटो समयमा ११ वटा विशिष्टकृत लगानी कोष व्यवस्थापकलाई लाइसेन्स दिएको छ । यसबाट बिना धितो साना तथा मझौला उद्यमी र स्टार्टअपले प्रविधि, ज्ञान, पूँजी पनि प्राप्त गर्न सक्छन् । यसमा सिरियस भएर काम गर्ने हो भने अर्थतन्त्रमा टेवा पुर्याउने छ ।

बजारको विस्तार गर्न र सन्तुलन गर्न नयाँ कमोडिटी एक्सचेञ्ज र नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स खुला गरिएको छ । सर्वाेच्च अदालतको आदेशले यथास्थितीमा रोकिएको छ । प्रतिस्पर्धाले गर्दा बजारमा विकास र सबल कम्पनी आउथे ।

कुनै पनि देशमा हेर्ने हो भने कोटा सिस्टमबाट विकास भएको छैन । जतिपनि विकास उचित प्रतिस्पर्धाका माध्यमबाट भएको छ । उचित प्रतिस्पर्धा ल्याउन सेवाग्राहीलाई क्याल्कुलेशन गरेर सेवा दिनुपर्छ । त्यसैले कोटा सिस्टम बन्द गरेर मापदण्डका आधारमा समयसीमामा लाइसेन्स दिने हो ।

नेप्समो भएको सिस्टमेटिक अवरोधलाई ठाउँका ठाउँ समाधान गरिएको छ । एसएमई प्ल्याटफर्ममा हामी असाध्यै ढिला भएका छौं । एसएमई, बुक विल्डीङ विधि, आईपीओ स्वीकृतिमा जनशक्ति, प्रविधि लगायतका कारण ढिला भएको छ । आफूले चाहेको समयमा पुरा हुन सकिरहेको छैन । यसमा हामी आफै पनि सन्तुष्ट छैनौं ।

एसएमई अन्य संस्थाको सहयोग आवश्यक पर्ने भएकाले अर्काे बाटो खोजिएको छ । अब नियमावली बनाएर नै एसएमई लागू गर्ने तयारी छ । जसमा लागि नियमावली बनाउन टिम बनाइएको छ । ९५ प्रतिशत काम सकिएको छ । दस्तावेजमा छलफल गरे मन्त्रीपरिषदमा पठाउने तयारी छ । एसएमई प्ल्याटफर्म लागू गर्न सकियो भने यो बजारको लागि सुनौलो युग हुनेछ । ६ हप्तामा एसएमई प्ल्याटफर्म सुरु गर्न तयारी छ । नियमावली जारी भएपछि नेप्सेले कार्यान्वयन गर्नै पर्छ । एसएमई प्ल्याट फर्म लागू भएपछि लगानी गरिएको साना उद्योगीलाई एक्जिट हुने बाटो खुल्छ ।

ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न झनझटिलो प्रक्रिया छ । त्यो प्रक्रियामा वर्षाै लाग्ने स्थिती थियो । अब बढीमा १५ दिनभित्रमा स्वीकृति दिनैपर्ने व्यवस्था गरिएको छ । सबै प्रमाणहरु भएभने १५ दिनभित्रै अटोमेटिक स्वीकृति पाउँछ ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा जोडिएको विषयमा पनि हामीले ठूलो काम गरेका छौं । इनसाइडर ट्रेडिङको आशंका वा भित्रि कारोबार एउटा पनि कारवाही अगाडि बढेको थिएन । मेरो नेतृत्वले ११ महिनाको कार्यकालमा पुराना भएका २ वटा केशलाई सुल्झाएको छौं । सञ्चालक हुँदा हुँदै वा सञ्चालक पद छोडेको १ वर्षको अवधिमा गरेका कारोबारमा कारवाही भइसकेको छ । यदि कारोबार शंका भए वा नभएको हामीले कुनै पनि कुराको अनुसन्धान हुँदैन र खोजी खबर मिल्दैन । कानुनी राजयको मान्यता हो । त्यसैले उहाँहरुलाई हामीले दोषी र यो दोषी हो भन्न पनि मिल्दैन । उहाँहरु सञ्चालक भएको बेला गल्ति देखिएपछि कारवाही गर्याै ।

क्रेडिट रेटिङ कम्पनीलाई पनि इतिहासमा पहिलोपटक कारवाही गरिएको छ । कन्फिलिक्ट अफ इन्ट्रेष्ट भएको रेटिङ पाइएपछि कारवाही गरिएको हो । उहाँहरुको स्पष्टिकरणलाई बोर्डले छानविन गर्दैछ । एउटा लेभलको कारवाही गरिएको छ । एउटा युगमा आएर हामी पेपर लेसमा प्रवेश गर्नैपर्छ । हामीसँग प्रयाप्त प्रविधिनभएको हुनाले पेपर लेसमा जान सकिएको होइन । आईपीओ प्रणालीलाई पूर्ण रुपमा पेपर लेस गर्न भनेका छौं ।

(नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले सोमबार एक कार्यक्रममा दिएको मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.