‘जुन देशमा बस्यो त्यहीको नागरिकता लियो भन्नु गलत हो’

  २०७९ माघ २३ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जुन देशमा बस्यो त्यही देशको नागरिकता लियो भन्नु गलत भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यकम्रमा हमालले आफुमाथि नागरिकता बारे उठेको विषयको बारेमा बोल्दै यस्तो बताएका हुन् ।

पूर्व गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको क्रममा अध्यक्ष हमालको नागरिकता पनि विवादमा तानिएको थियो ।

लामो समयसम्म थाइल्याण्डको स्थायी आवासीय सुविधा उपभोग गरेर बसेका उनले छोरा थाइल्याण्डमा जन्मिए पनि नागरिकता नेपालकै भएको र आफुले कहिले नेपाली नागरिकता नत्यागेको बताए ।

यस्तै, उनले आफुले कुनै गलत काम गरेको प्रमाण देखे जुनसुकै सजाय भोग्न तयार भएको बताए । ‘जनताको लागि काम गर्न आएको हुँ, बोर्डमा जागिर खान आएको होइन, त्यसैले मैले कुनै गलत काम गरेको प्रमाण देखायो भने म जुनसुकै सजाय भोग्न तयार छु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.