आइएमई पेको मन्थ अफ लभ अफर : ५ जनाले सामसुङ स्मार्टफोन जित्ने

  २०७९ माघ २२ गते १५:५१     विकासन्युज

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

उक्त अफर यहीँ फेब्रुअरी ३ बाट शुरु भइ २०२३ फेब्रुवरीभरी सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत  विजेताहरुको घोषणा हुनेछ ।

डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन यस अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.