स्वास्थ्य सामग्री खरिद प्रक्रियामा पारदर्शिता कायम गर्न विभागलाई मन्त्री गिरीको निर्देशन

  २०७९ माघ १९ गते १७:१९     विकासन्युज

काठमाडौं । स्वास्थ्य सामग्री खरिद पक्रियामा पारदर्शिता कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले निर्देशन दिएका छन् । बिहिबार टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा मन्त्री गिरीले सो निर्देशन दिएका हुन् । खरिद पक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्नुपर्ने मन्त्रीको भनाइ छ ।

समाचार माध्यममा खरिद पक्रियामा पारदर्शिता कायम नभएको समाचार आउने गरेको भन्दै मन्त्री गिरीले अब पनि त्यस्तो गरेको पाइए असह्य हुने बताएका थिए । ‘अहिले लगभग धेरैजसो मिडियाहरुमा यो खरिद प्रक्रियाको विषयलाई लिएर अनेक समाचारहरु बन्ने गरेका छन्। खरिद प्रक्रियामा शत प्रतिशत पारदर्शीता कायम गर्नेगरी यहाँहरुले काम गर्नुहोला । भोलि काँहीकतै यस्ता गुन्जायसहरु देखिए भने, रहे भने त्यतिबेला तपाईहरुलाई कसैले बोक्नेवाला छैन । साथ दिनेवाला छैन । यो धेरै संवेदनशील विषय छ’, मन्त्री गिरीले भनेका थिए ।

मन्त्री गिरीले कुनैपनि निकायबाट हुने नीतिगत भ्रष्टाचारलाई निरुत्साहित पार्नुपर्ने भन्दै स्वास्थ्य उपकरणहरुको दुरुपयोग नगर्न पनि निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.