जिल्ला आयुर्वेद अस्पताल काठमाडौंबाट दैनिक दर्जनौंले उपचार सेवा लिँदै

  २०७९ माघ १९ गते १३:२४     विकासन्युज

काठमाडौं । जिल्ला आयुर्वेद अस्पताल काठमाडौंबाट दैनिक दर्जनौं विमारीहरुले आयुर्वेद उपचार सेवा लिने गरेका छन् । दैनिक रुपमा ५० भन्दा धेरै विमारीहरुले आयुर्वेदिक उपचार सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

विमारीहरुलाई अस्पतालले ओपीडी, ल्याब, अक्वुपंचर र साइकोथेरापी सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालका अनुसार दैनिक रुपमा ३५ जनाले ओपीडी, ५ जना भन्दा धेरैले ल्याब, ५ जना भन्दा धेरैले अक्वुपंचर र १० जना भन्दा धेरैले साइकोथेरापी सेवा लिने गरेका छन् ।

अस्पतालले महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी सचेतना र विद्यालय आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । त्यस्तै अस्पतालले स्तनपान गराइरहेका आमाहरुलाई लक्षित गरेर चेतनामुलक सामग्री तथा परामर्श प्रदान गर्ने गरेको छ ।
सेवा प्रवाहको लागि आफ्नै भवन र पर्याप्त कार्यकक्ष नभएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.