२० प्रतिशत लाभांश पारित गर्न निर्धन उत्थान लघुवित्तले डाक्यो साधारणसभा

  २०७९ माघ १९ गते ८:१०     विकासन्युज

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीले २४ औँ बार्षिक साधारणसभा फागुन १२ केन्द्रिय कार्यलय नक्साल काठमांडौमा बिहान १० बजे बोलाएको हो ।

लघुवित्तको सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछ । साथै, सञ्चालक समितिका सदस्यहरुको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ ।

यस्तै, संस्थाको अधिकृत पूँजी, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन २ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.