प्रेमप्रसाद मृत्यु प्रकरण : प्रहरीले लियो भाटभटेनीका सञ्चालकको बयान

  २०७९ माघ १६ गते १५:२२     विकासन्युज

काठमाडौं । प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ ।

नयाँ बाेनेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाह गरेका आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेसँगै भाटभटेनीका सञ्चालक गुरुङलाई बयानका लागि बोलाएको हाे । उनको बयान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयले जानकारी दिएकाे छ ।

आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसका आधारमा प्रहरीले गुरुङलाई बोलाएको हो । आचार्यले भाटभटेनीदेखि धेरै कम्पनीहरुको नाम उल्लेख गर्दै समयमा पैसा नदिएको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.