साढे ३९ करोडको आइपीओ जारी गर्दै दरम खोला हाइड्रो, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

  २०७९ माघ ६ गते ११:४३     विकासन्युज

काठमाडौं । दरम खोला हाइड्रो इनर्जीले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधरणको लागि साढे ३९ करोड रुपैयाँ बराबारको ३९ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

उक्त सेयर सार्वजनिक गर्नको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । सो सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र दरम खोला हाइड्रो इनर्जीको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।

दरम खोला हाइड्रो इनर्जीको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं. ११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.