तोलाको ६ सयले घट्यो सुनको मूल्य

  २०७९ माघ ४ गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा एकैदिन १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.