देउवा निवास धुम्बाराहीमा काँग्रेसको पदाधिकारी बैठक शुरु

  २०७९ माघ ४ गते १०:३४     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुरु भएको हो । आजको बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ । संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखको उम्मेदवार कसलाई उठाउने भन्ने बारेमा काँग्रेस पदाधिकारी बैठक बसेको हो ।

काँग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन । पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्ने बारेमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.