सञ्चारमन्त्रीको पहिलो निर्णय : हरेक नागरिकको पहुँचमा सूचना प्रविधि

  २०७९ माघ ३ गते १५:३८     विकासन्युज

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशैभरको सञ्चार सेवा सहज बनाउने गरी आफूले काम गर्ने बताएको छिन् । मंगलबार सञ्चार मन्त्रीका रुपमा पदभदार ग्रहण गर्दै उनले देशभर गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउन आफूले काम गर्ने बताएकी हुन ।

उनले हातमा प्रविधि हुने तर भनेको समयमा फोन नलाग्ने समस्या भैराखेको भन्दै उक्र समस्यालाई समाधान गर्ने गरी गुणस्तरीय, सहज र सुलभ ढंगले हरेक नागरिकको पहुँचमा सूचना प्रविधि पुर्याउने आफ्नो मुख्य काम रहेको बताईन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएसँगै मन्त्री शर्मा सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.