पाल्पामा सहज बन्दै राहदानी सेवा

  २०७९ माघ ३ गते १५:०५     विकासन्युज

पाल्पा । राहदानी सेवा लिन सेवाग्राहीले लामबद्ध भएर सास्ती खेप्नु परेपछि सो सेवालाई सहज बनाइएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले विद्युतीय राहदानीका लागि सेवा समय थप गरेको हो । समय बढाएर सेवा दिन थालेपछि अहिले सेवाग्राहीलाई सजिलो भएको छ ।

कार्यालयले दैनिक तीन सिफ्टमा समय तालिका बनाएर सेवा सुरु गर्दै बिहान आठ बजेदेखि बेलुका सातबजेसम्म ११ घण्टा सेवा पुर्याइएको छ । बिहान आठबजेदेखि १० बजेसम्म, १० बजेदेखि दिउँसो चार बजेसम्म र चार बजेदेखि बेलुका सात बजेसम्म समय तालिकाअनुसार सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

‘राहदानी लिनेको भीड बढ्न थालेपछि सेवाको अवधि विस्तार गरिएको छ’ उनले भने,–’विद्युतीय राहदानीका लागि एउटा मात्र मेसिन चालु भएको हुँदा जतिसक्दो धेरैलाई सेवा दिने प्रयासमा छौँ’ । उनका अनुसार एक दिनमा ७० जनासम्मको काम भएको छ । इलाका प्रशासन कार्यालयबाट पनि सो दिनका लागि राहदानी मेसिनको व्यवस्थाका लागि पहल गर्नुपर्ने भएको छ । कार्यालयले अन्य सेवा प्रवाह गर्न पनि समयतालिका निर्धारण गरी काम गर्दै आएको जनाएको छ । सेवासम्बन्धी कुनै दुविधा वा अस्पष्टता भएमा फाँटवाला प्रमुख वा सहायक प्रमुख जिल्ला अधिकारीको सहयोग लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

उक्त कार्यालयले एकवर्ष अघि पनि केही समयसम्म दैनिक तीन सिफ्ट गरी सेवा दिएको थियो । सेवाग्राही कम हुँदै गएपछि भने सो सेवा स्थगन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.