कोका–कोला नेपालले १ हजार महिला व्यवसायीलाई ‘सक्षम’ तालिम

  २०७९ माघ ३ गते १४:४४     विकासन्युज

काठमाडौं । कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको यस कार्यक्रममा १००० भन्दा बढी जना महिलाहरुलाई तालिम प्रदान गर्न सफल भएको हाे ।

गत ८ मार्च २०२२ गते अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोट्लिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो । खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धि तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरुमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा सौरहाकी गीता श्रेष्ठले भनिन्, ‘महिला युवा व्यवसायीहरुको लागि सक्षम तालिम कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको थियो । मैले आज भन्दा ४४ वर्ष अगाडि जम्मा १६० रुपैँयामा आफ्नो व्यापार शुरु गरेको थिँए । मेरो कडा परिश्रमले मैले आफ्नो सपना पुरा गर्न सक्षम भएको छु । अहिले मेरो २ वटा घर र एउटा पसल छ र एकल महिलाको रुपमा आफ्नो परिवारलाई सहयोग गर्न सकेको छु ।’

कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने ‘कोका–कोला बेटर शेयर्ड फुचरमा विश्वास गर्छ र महिला सशक्तीकरण जहिले पनि हाम्रो मुल मान्यताको रुपमा रहेको छ । हामीले एक हजार महिला व्यवसायीहरुलाई तालिम दिने लक्ष्य लिएका थियौँ र सो लक्ष्य पुरा पनि भएको छ । हामी धेरै खुशी छौँ र भविष्यमा पनि अझै धेरै महिलाहरुलाई सशक्तिकरण गर्दै जानेछौँ ।’

त्यस्तै बोट्लर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले भने, ‘नेपालमा महिला उद्यमशीलता एक कदम अगाडि बढेको छ । काठमाडौं उपत्यका बाहिर विशेष गरी धेरै खुद्रा पसलहरु र रेस्टुरेन्टहरु छन जुन महिलाले चलाउँछन् । त्यस्ता महिलाहरुलाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षम बनाउने उद्धेश्यले कोका–कोलाले सक्षम जस्ता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ जसले महिलाहरुलाई आफ्नो व्यापार अगाडि बढाउन हौसला दिन्छ ।’

कोका–कोलाले विविधता, समानता र समावेशितालाई आफ्नो मुल मान्यतामा राखेको छ र यिनीहरुले कम्पनीको वृद्धि र सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन । यी कुराहरु कम्पनीले बेला–बेलामा सञ्चालन गर्ने महिला सशक्तिकरण सम्बन्धि तालिमहरुमा पनि प्रतिविम्बित हुन्छन् । सन् २०१० मा कोका–कोलाले विश्वव्यापी रुपमा फाइभ बाइ ट्वेन्टि (५ बाई २० ) सञ्चालन गरेको थियो जसअन्तर्गत कम्पनीले सन् २०२० सम्म ५ मिलियन (पचास् लाख ) महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्य लिएको थियो । त्यस्तै नेपालमा पनि गत ६ वर्ष देखि स्टार(शप किपर ट्रेनिङ रिसोर्सेस) सञ्चालन गर्दै आइरहेको छ जसअन्तर्गत ५,८०० जना खुद्रा व्यवसाय सञ्चालन गर्ने महिलाहरुलाई तालिम दिइसकेको छ ।

नेपाल सरकारको पन्ध्रौँ राष्ट्रिय योजना अनुरुप महिलाहरुको समान र अर्थपूर्ण सहभागिताको माध्यमबाट पूर्ण लैंगिक समानता हासिल गर्ने उद्धेश्यलाई पनि यो पहलले सघाउ पुर्याउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.