सुनको मूल्य एक लाख ५१ सय पुग्यो

  २०७९ माघ ३ गते ११:४७     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ७ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.