टिभिएसको दुई बाइकले पायो उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड

  २०७९ माघ २ गते १९:०८     विकासन्युज

काठमाडौं । टिभिएसको दुई बाइकले उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड पाएको छ ।हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड पाएको हो ।

गत वर्ष पनि रेडरले टेकलेखको साथमा अरु धेरै अवार्डहरु पाएको थियो । रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरहरुका कारण यस वर्ष पनि उत्कृष्ट कम्युटर अवार्ड पाएको टेकलेखले जनाएको छ ।

टिभिएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ्ग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायतका विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाईट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको छ ।

यस्तै, अपाचेले निरन्तर सुधार गरेको फिचरहरुको गुणस्तरले गर्दा उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको बताइएको छ । रिडिजाइन्ड डिएलआर, राइडिङ्ग मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ्ग डिएनए जस्ता फिचरहरुले गर्दा नै यस बाइकले उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको टेकलेखले जनाएको छ ।  ।

जगदम्बा मोटर्स नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुमार्फत ग्राहकहरूलाई सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.