३ करोडको लगानीमा कालिज फार्म

  २०७९ माघ १ गते ७:२५     विकासन्युज

काठमाडौं । जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी २ हजार ५ सय कालिज पालेका हुन् ।

करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर ३ करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताए । केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उनको सोच रहेको छ ।

कालिजको अण्डालाई ह्याचरी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उनले जानकारी दिए । हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा ६ महिना लाग्ने र उत्पादन भएको अण्डा यही खपत हुने गरेको उनले बताए ।

कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ । जसले गर्दा कालिज अग्र्यानिक र स्वादिलो हुनुका साथै लागतमा कमी गर्न सकिन्छ । प्रतिभाले कालिज २ हजार ५ सय र पोथी १ हजार ८ सयमा बिक्री गर्दै आएको उनले बताए ।

‘अण्डाको प्रतिक्रेट ९ सयमा बिक्री हुन्छ, फार्ममा दैनिक १ हजार ५ सयसम्म अण्डा उत्पादन हुँदै आएको छ,’ उनले भने ।

अण्डा र कालिज खरिदका लागि फार्ममा नै ग्राहक आउने गरेका छन् । ठूलो लक्ष्यका साथ काम गरिएको हँुदा अझ बढी लगानी गर्ने योजना रहेको कृषक तिवारीले बताए ।

सम्बन्धित निकायले व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने कृषक तिवारीको सुझाव रहेको छ । कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.