के तपाईँलाई रगत चाहिएको छ ? अब चिन्ता नगर्नुस्

  २०७९ माघ १ गते ७:२०     विकासन्युज

काठमाडौं । के तपाईँलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईँको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको छ ।

रगत अभावमा ठूलो समस्या झेल्दै आएका सुर्खेतवासीका निम्ति स्वयंसेवक दल सुर्खेतले ‘केएसडी ब्लड एप’ सञ्चालनमा ल्याएको छ ।

कर्णाली स्वयंसेवक दलका अध्यक्ष सुदर्शन श्रेष्ठले स्वयंसेवक दलले सञ्चालनमा ल्याएको सो एप शनिबारदेखि पूर्णरूपमा अद्यावधिक भएको बताए । उनले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतमा इन्टरनेटको सुविधा जोडिएसँगै ब्लड एपले पूर्णरूपमा अद्यावधिक हुने भएको जनाए ।

‘हामीले सुर्खेत जिल्लाका बिरामीका लागि चाहिने रगत पाउन सहज होस् भनेर एपको निर्माण र सञ्चालन गरेका थियौँ तर, पूर्णरूपमा अद्यावधिक हुन नसकिरहेको अवस्थामा ब्लड बैंकमा इन्टरनेट जोडिएपछि अपडेट हुने भएको हो,’ उनले भने ।

हाम्रो साझेदार संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतसँग समन्वयमा वल्र्ड लिङ्कले सहुलियतमा इन्टरनेट जडान गरिदिएपछि सहज भएको अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधक प्रमुख देपेन्द्र केसीले इन्टरनेट जडानले कर्णाली स्वयंसेवक दलले सञ्चालन गरेको एपमार्फत छिटोछरितो तरिकाबाट रक्तदाताहरूको डाटा खोज्न सहज हुने बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष प्रवाशकुमार शाक्यले कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको एप प्रयोग गरेर सहज तवरबाट रक्तदाताहरूसँग सम्पर्क गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.