सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न

  २०७९ पुष ३० गते १२:०८     विकासन्युज

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आजशनिवार कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर लाउन्जमा साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाबाट पेश भएको आ.व. २०७८/०७९ को वार्षिक आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन सर्बसम्मतले पारित गरेको छ । त्यस्तै आ.व. २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन र सोही आ. व. को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित अनुसूचीहरु साधारण सभाले स्वीकृत गरेको छ । साधारण सभाले आ.व. २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक तोक्ने प्रस्ताव पनि सर्वसम्मतले स्वीकृत गरेको छ ।

साधारण सभामा शेयरधनीहरुले पुस मसान्तसम्म साधारण सभा गरेर जरिवानाबाट बच्नु राम्रो भएपनि आगामी वर्षदेखि पुस महिना अगाडी नै साधारण सभा सम्पन्न गर्न सुझाव दिएका थिए । त्यस्तै उनीहरुले कम्पनीको हकप्रद निष्काशनमा भईरहेको ढिलाईबारे जिज्ञासा राखेका थिए ।

शेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष इन्द्र बहादुर थापाले विद्युत नियमन आयोगबाट हकप्रदको लागि स्वीकृति प्राप्त हुने क्रम मै रहेकोले आयोगबाट स्वीकृति आएपछि थप प्रक्रिया अगाडी बढ्ने बताए । सिनर्जीले लगानी गरेको कम्पनीले निर्माण गर्ने आयोजनाको २५ प्रतिशत प्रगति भएपछि मात्र हकप्रदको लागि स्वीकृति प्राप्त हुने उनले बताए । यहि प्राविधिक कारणले हकप्रदमा ढिलाई भएपनि अब भने २५ प्रतिशत प्रगति भईसकेकोले अब माघ महिनामा स्वीकृति आईसक्ने उनले जानकारी दिए । त्यस्तै उनले लाभांश दिन सक्ने अवस्था रहेपनि कम्पनीले त्यसलाई ऋण तिर्न र अन्य लगानी गर्ने प्रयोग गरेकोले आगामी वर्ष देखि उचित प्रतिफल दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.