देशभर पुग्यो उच्च गतिको इन्टरनेट

  २०७९ पुष २६ गते १४:५८     विकासन्युज

काठमाडौं । देशैभर रहेका माध्यमिक विद्यालय, स्थानीय तह, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै देशका सबै माध्यमिक विद्यालय, वडा कार्यालय, स्थानीय तह र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ठ इन्टरनेट सेवा पुगेको जनाएको हो ।

प्राधिकरणले उक्त स्थानमा २ वर्षका लागि निशुल्क रुपमा प्रयोग गर्ने गरी उच्च गतिको ब्रोडब्याण्ड इनटरनेट सेवा वडान कार्य सकिएको भन्दै २ वर्ष सकिएपछि प्राधिकरणको स्वीकृत दररेटमा ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोग गर्न सकिने जनाईएको छ ।

‘यस परियोजना अन्तर्गतको ब्रोडब्यान्ड सेवा सम्बन्धमा कुनै राय/प्रतिक्रिया भए यस प्राधिकरणमा जानकारी गराउनका लागि अनुरोध छ’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

प्राधिकरणले ग्रामिण दुरसञ्चार कोष अन्तरत ब्रोडव्याण्ड इन्टरनेट विस्तार परियोजनामा काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई भने समेटेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.