नेपाल इको प्यानल भक्तपुरकै ब्राण्ड बन्दै

  २०७९ पुष २३ गते १७:२०     विकासन्युज

काठमाडौं । भक्तपुरबाट आजको दिनमा भक्तपुर बाहिर जाने कुनै सामान छ भने इको प्यानल भएको छ । सन् २०१४ मा इन्जिनियर कृष्णभक्त दुवालले सुरु गरेको इको प्यानल आज देशैभरि पुगेको छ ।

स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री नै इको प्यानल हो । हलुका, भूकम्प प्रतिरोधी लगायतका कारण पछिल्ला वर्षहरुमा यसको लोकप्रियता निरन्तर बढ्दो छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल वातावरणमैत्री अनि उर्जा किफायती भएको कारण पनि जनताले इको प्यानललाई मन पराएको सुनाउँंछन् । नेपालमा मात्रै होइन, अहिले संसारभर नै वातावरण प्रदूषण ठूलो समस्यको रुपमा आइरहेको छ, उनले भने, त्यही कारण मानिसले वातावण विनाश नपुयाउने निर्माण सामाग्री मन पराइरहेका छन् ।

इको प्यानल उर्जा किफायती पनि छ । यसको उत्पादनमा उर्जाको बचत हुन्छ । अन्य अनेक विशेषताका साथै वातावरणमैत्री र उर्जा किफायती भएकै कारण पनि धेरै जनताले यसलाई रुचाइएको उनको दावी हो ।

नेपाल इको प्यानलको कर्पाेरेट अफिस भक्तपुरको सल्लाघारीमा रहेको छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित डा इवामुरा अस्पताल सल्लाघारीको अपोजिट दिशामा यसको कर्पाेरेट कार्यालय रहेको छ । यसको कारखाना पनि जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.