कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट, कसले कति कित्ता पाए, यसरी हेर्नुहोस् रिजल्ट

  २०७९ पुष २१ गते ७:४०     विकासन्युज

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले पुस २० गते १ लाख २० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि र १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिएको जनाएको छ ।

कम्पनीले मंसिर १४ गतेदेखि मंसिर २८ गतेसम्म आयोजना प्रभावित र बैदेशिक रोजगारीमा रहेका सर्वसाधारणलाई आईपीओ बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँमध्ये २५ अर्थात् १ करोड २० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ कित मूल्य दरका १ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । कम्पनीले उक्त सेयर आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय वासिन्दाहरूको लागि र १० प्रतिशत अर्थात् १ लाख ७ हजार कित्ता सेयरहरू नेपाल सरकारबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिएको थियो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओमा आवेदन परेकामध्ये १२ हजार स्थानीयलाई न्यूनतम १० कित्ताको बाँडफाँट गरिएको छ ।

यस्तै, कम्पनीको आईपीओमा ६ हजार २५९ जना वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिएका थिए । आवेदन दिएका ६ हजार २५९ जनालाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता वितरण गरिएको छ । यस्तै, बाँकी रहेको ४५ हजार ४१० कित्ता शेयर २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

सेयर बाँडफाँट विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटस www.nabilinvest.com.np, निष्काशन कम्पनीको वेबसाइटस https://www.kalinchowkdarshan.com.np/ र भौतिक रूपमा आवेदन बुझाएका आवेदकहरूले आफूले आवेदन फाराम बुझाएको सम्बन्धित संकलन केन्द्रहरूमा सम्पर्क राखेर समेत हेर्न र बझ्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.