धितोपत्र बोर्डले पनि दियो मेगा र इन्भेष्टमेन्ट बैंकलाई मर्जरको अन्तिम स्वीकृती

  २०७९ पुष २० गते १२:०४     विकासन्युज

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डले मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरकाे अन्तिम स्वीकृती दिएकाे छ ।

बाेर्डले धिताेपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ काे दफा ८ काे उपदफ (४) बमाेजिम अन्तिम स्वीकृती दिएकाे हाे ।

मेगा र नेपाल इन्भेष्टमेन्टले मर्जरको अन्तिम स्वीकृतीको लागि धितोपत्र बोर्डलाई संयुक्त रुपमा पुस ११ गते पत्र पठाएको थियो ।

राष्ट्र बैंकको गत बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेदेखि हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.