नेकपा समाजवादी सरकारमा जाने/नजाने निर्णय पार्टीको केन्द्रिय सचिवालयले गर्ने

  २०७९ पुष १९ गते १७:३५     विकासन्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ ।

मंगलबार सम्पन्न पार्टी पोलिटब्युराे बैठकले सो निर्णय गरेको हो । थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रिय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

बैठकमा धेरैजसो नेताहरुले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।

त्यसैगरी, बैठकले वामपन्थी पार्टीहरुबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रिय सचिवालयलाई नै प्रदान गरेको छ ।

केन्द्रीय सचिवालयको संयोजनमा यो कामलाई अघि बढाउन पनि बैठकले अनुमति दिने काम गरेको पार्टीका प्रवक्ता खतिवडाले बताए । पार्टी भित्र संगठन सुदृढीकरण र सुद्धिकरण अभियान संचालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानलाई पनि अघि बढाउने काममा अघि बढने निर्णय पनि पोलिटव्यूरो बैठकले गरेको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.