रुपन्देही सिद्धार्थनगरका बनिया विरुद्ध विभागद्वारा ६६ करोड मागदाबी सहितको मुद्दा दायर

  २०७९ पुष १९ गते १६:१८     विकासन्युज

रुपन्देही । रुपन्देही, सिद्धार्थनगर नगरपालिका–३ का पुनित बनिया विरुद्ध राजस्व अनुसन्धान विभाग अन्तर्गत राजस्व अनुसन्धान कार्यालय बुटवलले ६६ करोड मागदावी सहितको मुद्दा दायर गरेको छ । पुनित बनियाद्वारा सञ्चालित सुमित स्वयता ट्रेडर्सले सरकारलाई बुझाउनुपर्ने ३३ करोड ३ लाख ५० हजार ८ सय ९६ रुपैयाँ नबुझाएकाले सजाय सोही बराबरको सजाय सहितको माग दाबी गर्दै कार्यालयले उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको जनाएको छ ।

विभागका अनुसार बनियाले आफ्नो फर्मको आय विवरण र सो बमोजिमको कर योग्य आयमा लाग्ने कर रकम आन्तरिक राजस्व कार्यालयमा जम्मा नगरेको र कारोबार लुकाउने उद्देश्यले अन्य फर्महरुबाट कारोबार गर्ने गरेका थिए । विभागले बनिया विरुद्ध कानून अनुसार राजस्व चुहावटको कसूर अपराध गरेको पुष्टी हुन आएको बिगो ३३ करोड ३ लाख ५० हजार ८ सय ९६ रुपैयाँ र सोही बराबरको रकम सहित ६६ करोड ७ लाख १ हजार ७ सय ९२ रुपैयाँ सहित कैद सजायको माग गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.