६ करोड कर छलेको भन्दै त्रिशक्ति ट्रेडर्सका संचालक विरुद्ध मुद्दा दायर

  २०७९ पुष १९ गते १६:०५     विकासन्युज

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ ।

विभागले छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ रुपैयाँ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.