बाराही हाइड्रोको आईपीओ सूचीकृत, आजदेखि कतिमा कारोबार होला ?

  २०७९ पुष १९ गते ८:४८     विकासन्युज

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाहरुलाई बिक्री गरेको १ लाख ४६ हजार, सर्वसाधरण लगानीकर्ताका लाथि बिक्री गरेको ५ लाख ५४ हजार कित्ता सेयर र संस्थापक सेयरधनीहरुको १८ लाख कित्ता गरी कूल २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको सेयरलाई न्यूनतम ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा आज मंगलबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।

नेप्सेले कम्पनीको सेयरलाई बिएचपीएल कारोबार संकेत प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.