नेप्सेमा ५ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

  २०७९ पुष १९ गते ८:२१     विकासन्युज

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो ।

यी ५ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ ।

सिभिल बैंकको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २३८.१० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार बैंकको सेयर प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३२९.१० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार फाइनान्सको सेयर प्रतिकित्ता ३३७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

पोखरा फाइनान्सको ४ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३७३.०८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार फाइनान्सको सेयर प्रतिकित्ता ३८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

आईसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ४४५.७१ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार फाइनान्सको सेयर प्रतिकित्ता ४६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

सीवाइसी लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १९२९.२३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार लघुवित्तको सेयर प्रतिकित्ता २५०८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.