विदेशबाट ल्याईने फोनमा कडाई नगर्न प्रधानमन्त्रीको निर्देशन

  २०७९ पुष १५ गते ११:१३     विकासन्युज

काठमाडौं । विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइल फोनमा कडाई नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

शुक्रबारदेखि विदेशबाट फर्कनेले ल्याउने मोबाइल फोनमा सरकारले कडाई गरेपछि सवत्र विरोध भएको थियो । सवत्र विरोध भएपछि तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन ।

प्रधानमन्त्रीको निर्देशनपछि भने अब विदेशबाट फर्किंदा कुनै पनि व्यक्तिले आफूले चलाइरहेको बाहेक अर्को नयाँ सेटको भन्सार तिर्न नपर्ने भएको छ ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको थियो ।

मञ्चका अध्यक्ष सञ्जय थापाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारको उक्त निर्णय अव्यवहारिकका साथै प्रवासी नेपालीको हितमा नभएकाले तत्काल खारेज गर्न सरकारसँग माग गरेको हुन् ।

यस्तै, आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले पनि विदेशबाट आजदेखि दर्ता नभएका मोबाइल फोन नचल्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.